रुप ज्योति र छोरी सूरुचीविरुद्ध ठगी मुद्दामा म्याद थप
काठमाडौं - पूर्वसहायक अर्थमन्त्री रुप ज्योती र उनकी छोरी सुरुचीविरुद्ध ठगी मुद्धामा काठमाडौं जिल्ला अदालतबाट म्याद थप प्रक्रिया थालेको छ ।
हाउजिङको नाममा ठगी गरेको आरोपमा सिल्क एयरमा सिंगापुरबाट काठमाडौं ओर्लिएका रुप ज्योतिलाई प्रहरीले बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको भने शुक्रबार सोही मुद्दामा छोरी सूरुचीलाई पनि पक्राउ गरेको हो।
रुप ज्योति अध्यक्ष रहेको ल्यान्डमार्क हाउजिङ कम्पनीले बिकेन्द्रकृष्ण मल्ललाई २ करोड १४ लाख ७५० रुपैयाँमा महाराजगञ्ज क्षेत्रमा तयारी घरदिने भनेर सम्झौता गरेका थिए। यसबापत कम्पनीले मल्लसँग १ करोड ३६ लाख रुपैयाँ बुझेको थियो।
तर, मल्ललाई घर पनि नदिने र लिएको रकम पनि फिर्ता नगरेपछि उनी ठगी मुद्दाको जाहेरी लिएर गत वर्ष मंसिरमा परिसर पुगेका थिए।
परिसरले ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट रुप ज्योतिलाई पक्राउ गर्न २०७५ मंसिर २० मा अनुमति लिएको थियो। रुप ज्योति त्यसविरुद्ध सर्वोच्च अदालत गएका थिए। तर सर्वोच्चले ज्योतिको निषेधाज्ञासम्बन्धी रिट मंगलबार खारेज गरेको थियो ।
फेसबुक पेज Like गर्नुहोस