स्वास्थ्य सामग्री खरिदमा गलत नियत रहेको भन्दै छानबिन गर्न माग
काठमाडौं - स्वास्थ्य सामग्री खरिदमा सरकारले गरेको पछिल्लो निर्णयमा गलत नियत रहेको प्रष्ट भएको भन्दै ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले छानबिन गर्न माग गरेको छ ।
निकै महँगोमा स्वास्थ्य सामाग्री खरिद गरेको भन्दै चर्को विरोध भएपछि सरकारले ओम्नी समूहसँग खरिद सम्झौता रद्द गरेको थियो । त्यसपछि मन्त्रिपरिषदमा छलफल नै नगरी जीटुजीमार्फत खरिद गर्ने जिम्मा नेपाली सेनालाई दिइएको छ । उक्त निर्णय पनि विवादमा रहेको कारणले गर्दा छानविन हुनुपर्ने टीआईको भनाई छ ।
टीआईले सार्वजनिक खरिद गर्दा स्वस्थ प्रतिपर्धा हुनुपर्ने भएपनि कहिले नीतिगत निर्णय त कहिले सरकारसरकारबीच खरिदका नाममा पटकपटक विचौलिया एवं दलालसँगको मिलेमतोमा राज्यकोषको ठूलो रकम अपचलन भएको कुरा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
फेसबुक पेज Like गर्नुहोस