काठमाडौं - भीषण बाढीका कारण मृत्यु हुनेमध्ये हाालसम्म ७५२ जनाको शव भेटिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको दिउँसो १:०० बजेसम्मको अपडेट सार्वजनिक गरेको अद्यावधिक तथ्यांकअनुसार बाढीका कारण हालसम्म ७५२ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

सबैभन्दा बढी चितवनमा २५९ जनाको शव फेला परेको छ । यसैगरी, नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा १००, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, तनहुँमा ३६ र रसुवामा १३ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ ।

२३९ जना घाइते रहेको र उनीहरूको उपचार भइरहेको छ ।

बाढीपछि अझै २५०२ जना सम्पर्कविहीन छन् । सम्पर्कविहीन हुनेहरूमा जलविद्युत् आयोजनामा कार्यरत ९३३ जना, ५९२ जना विदेशी नागरिक र उनीहरूसँगै गएका १२७ जना नेपाली छन् ।

यसैगरी, रसुवाका ५६२ र नुवाकोटका ११५ जना स्थानीय बासिन्दा पनि बेपत्ता छन्। सुरक्षाकर्मीतर्फ नेपाल सेनाका ४५, नेपाल प्रहरीका २५ र सशस्त्र प्रहरीका १३ जना सम्पर्कविहीन रहेका छन् ।

हालसम्म ८७३० जनाको जीवितै उद्धार गरिएको जनाइएको छ । जसमा सशस्त्र प्रहरीले ३५७, नेपाली सेनाले २९७४ र नेपाल प्रहरीले २६९९ जनाको उद्धार गरेका छन्।

जलविद्युत्को सुरुङमा फसेका २७९ जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ । हवाई उद्धारमार्फत २८४५ नेपाली र २३६ विदेशी नागरिकको उद्धार गरिएको प्राधिकरणले जनाएको छ ।

खोज र उद्धारका लागि सेनाका ८३१९, नेपाल प्रहरीका ७२९३ र सशस्त्र प्रहरीका ४२०३ गरी कुल १९ हजार ८९५ सुरक्षाकर्मी प्रभावित क्षेत्रमा खटिएका छन् ।