काठमाडौं - भारत भ्रमण सकेर फर्किएका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को चीन भ्रमणको तयारी अघि बढेको छ।

प्रधानमन्त्रीको भ्रमणको मिति तय गर्न काठमाडौं र बेइजिङबीच कूटनीतिक छलफल सुरु भएको छ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार चिनियाँ पक्षले प्रस्ताव गर्ने मितिअनुसार प्रधानमन्त्री शाह जनवरीमै चीन भ्रमणमा जान सक्ने सम्भावना छ।

फेब्रुअरी ६ मा पर्ने चिनियाँ नयाँ वर्षअघि नै उनलाई बेइजिङमा स्वागत गर्ने चीनको तयारी रहेको बताइएको छ।

प्रधानमन्त्रीको भारत भ्रमणअघि लामो समय चीनमा बसेर फर्किएका नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल र परराष्ट्र सचिव अमृतबहादुर राईलगायत सरकारी अधिकारीहरूसँग भेटवार्ता गरेका थिए।

ती भेटमा राजदूत माओमिङले प्रधानमन्त्री शाहलाई सकेसम्म चाँडो चीनमा स्वागत गर्न बेइजिङ तयार रहेको सन्देश दिएका थिए।