विरगञ्जमा भेटिएका कोरोना संक्रमितहरु पुगेको स्थान र भेटेका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गरिर्दै
काठमाडौं - स्वास्थ्य मन्त्रालयले पर्सामा भेटिएका कोरोना संक्रमितले संसर्गमा गरेका व्यक्ति तथा उनीहरु गएको स्थानको पहिचान गरी कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको बताएको छ ।
मन्त्रालयले विज्ञप्ति जारी गर्दै कोरोना पुष्टि भएकाहरु ३७, ५५ र ४४ वर्षका पुरुष रहेको पनि उल्लेख गरेको छ । यी तीनैजना भारतीय नागरिक हुन् ।
उनीहरुले आफूहरु चार महिनाअघि नेपाल प्रवेश गरेको दावी गरेका छन् भने स्थानीयले १० दिन पहिले मस्जिदमा आएको बताएका छन् ।
संक्रमित व्यक्ति र स्थानीयको भनाइ बाझिएपछि भारतीयको ट्राभल हिस्ट्री पत्ता लगाउन कठिन भएको छ । क्वारेन्टाइनमा राखिएको ४८ घन्टावित्दा पनि उनीहरू कहाँकहाँ गए भन्ने विवरण प्रशासनले पत्ता लगाउन सकेको छैन ।
संक्रमित व्यक्तिहरुले आफ्नो बारेमा खुलेर नबताउँदा उनीहरु कहिलेदेखि नेपालमा बसेका हुन र कहाँ–कहाँ गए भन्नेबारे स्पस्ट हुन सकेको छैन ।
फेसबुक पेज Like गर्नुहोस