काठमाडौं - नेपाल राष्ट्र बैंकले नयाँ योजनालाई बजेट छुट्याउन नसकिने बताएको छ ।

चालू योजनाहरु अगाडि बढाउन नै अहिलेको स्रोत र सीमाहरु अपर्याप्त रहेकाले नयाँ योजनाका लागि बजेट छुट्याउन सक्ने अवस्था नरएको बैंकले जनाएको छ ।

पाइपलाइनमा रहेका योजनाहरुलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने परिस्थितिमा नयाँ योजनाहरु आउन समय लाग्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ ।साना तथा घरेलु व्यवसायीहरुलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले पुनर्कर्जासम्बन्धी कार्यविधि परिमार्जन गर्ने तयारी गरेको छ ।

साना तथा घरेलु व्यवसायीहरुलाई प्राथमिकता दिनेगरी पुनर्कर्जा कार्यविधि गरिने राष्ट्र बैंकले जनाएको छ ।पुनर्कर्जाको प्रक्रिया धेरै लामो भएकाले प्रयोगमा नआएको र ठूला खालका ऋणीहरुले मात्रै पहुँच रहेकाले कार्यविधि परिमार्जन गरिन लागेको राष्ट्र बैंकले जनाएको छ 

सरकारले पुनर्कर्जाको सीमा पनि बिस्तार गरेको छ । सरकारले पुनर्कर्जाको सीमा विस्तार गरी १ खर्ब पुर्‍याउने निर्णय गरेको छ । पुनर्कर्जा कोषबाट प्रवाह हुने कर्जाको ब्याजदर घटाउने व्यवस्थाका लागि नेपाल राष्ट्र बैंकले व्यवस्था मिलाउनुपर्ने र साना तथा घरेलु उद्योगहरुको सञ्चालनका लागि आवश्यक पर्ने चालु पुँजी कर्जा सहुलियत दरमा उपलब्ध गराउन पनि सरकारले राष्ट्र बैंकलाई भनेको छ ।