काठमाडौं - काभ्रेपलाञ्‍चोक र महोत्तरी जिल्लामा दुईजना कोरोना संक्रमित भेटिएका छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार महोत्तरीका ५२ वर्षीय एकजना पुरुष र काभ्रेपलाञ्‍चोकका २६ वर्षीय अर्का पुरुषलाई कोरोना संक्रमण देखिएको हो।

देवकोटाका अनुसार योसँगै कोरोना संक्रमितको संख्या २७८ पुगेको छ। यसका साथै देशका २६ जिल्लामा कोरोना संक्रमित भेटिएका छन्। अहिलेसम्म ३६ जना संक्रमित निको भएर घर फिरेका छन्।