भोलिको संसद् बैठकको शुरुमै प्रधानमन्त्रीले सम्बोधन गर्ने
काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (शुक्रबार) को संसद् बैठकमा सम्बोधन गर्ने भएका छन् । संसद अधिवेशनको पहिलो दिन प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यसूची तय भएको हो ।
भोलिबाट बजेट अधिवेशन सुरु हुँदैछ । उक्त अधिवेशनको पहिलो दिन नै प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।
सभामुख देवराज घिमिरेले बोलाएको कार्य व्यवस्था परामर्श समिति बैठकमा पहिलो बैठकको कार्यसूचीबारे छलफल भएको थियो ।
पहिलो दिनको बैठकलाई सबैभन्दा पहिले प्रधानमन्त्रीले सम्बोधन गर्ने समझदारी भएको सत्तापक्ष नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले नेपाल प्रेसलाई जानकारी दिए ।
‘भोलिको बैठकको सुरुमै प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यतालिका तय भएको छ,’ बर्तौलाले भने–‘उहाँले पछिल्लो समसामयिक विषयबारे आफ्ना धारणा राख्नुहुनेछ ।’
प्रधानमन्त्रीले सडकमा उठेका मागदेखि लिएर प्रतिपक्षका सरोकारहरूलाई समेत सम्बोधन गर्ने तयारी छ ।
फेसबुक पेज Like गर्नुहोस