वीरगन्ज - पर्सामा कोरोना संक्रमित भागेमा सुरक्षाकर्मीले गोली हान्न पाउने भएका छन् । बुधबार बसेको पर्सा प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो ।

कोरोना संक्रमित कदम कदाचित अस्पताल बाट भागेमा गोली हान्न सक्नेसम्म अधिकार सुरक्षाकर्मीलाई दिएको पर्साकी एसपी गंगा पन्तले बताइन् ।

गत बुधबार वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट शौचालय जाने बहानामा दुई जना संक्रमित भेन्टिलेसन फोडेर भागेका थिए। सोहि घटनालाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको पन्तले जानकारी दिइन् ।

भागेका संक्रमितलाई भने प्रहरीले पक्राउ गरिसकेको छ ।

संक्रमित अस्पतालबाट भागेका नियन्त्रण लिन आवश्यकता अनुसार बल प्रयोग गर्ने र अन्त्यमा गोली समेत चलाउन पाउने अधिकार दिएको पन्तले बताइन् ।