काठमाडौं - नेपालमा थप दुई जना कोरोना भाइरसका संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार शुक्रबार बाँके र रूपन्देहीमा दुई जनामा कोरोना संक्रमण देखिएको हो । दुबै संक्रमित पुरूष हुन् । रूपन्देहीका २५ वर्षीय युवक र नेपालगञ्जका ६० वर्षीय पुरूषलाई कोरोनाको संक्रमण पुष्टि भएको हो । संक्रमित दुबैको अवस्था सामान्य रहेकाे र स्वास्थ्यकर्मीको निगरानीमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ। जसमा १६ जना निको भएका छन्।

Image may contain: text