काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रायलले कोरोना भाइरसको संक्रमणको पहिचानका लागि गरिने पिसिआर परीक्षणको शुल्क बढी नलिन प्रयोगशालालाई अनुरोध गरेको छ।

मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै तोकिएको शुल्कभन्दा बढी लिए कारबाही गर्ने चेतावनीसमेत दिएको छ । 

‘तोकिएको शुल्कभन्दा कुनै पनि बहानामा थप शुल्क नलिन मन्त्रालय सम्बन्धित सबैमा पुनः जानकारी गराउँछ, यदि लिएको पाइएमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामार्फत् त्यस्ता प्रयोगशालाहरूलाई परीक्षणको सूचीबाट हटाइने छ।’ विज्ञप्तीमा भनिएको छ ।

मन्त्रालयले पिसिआर परीक्षण गरेबापत सरकारी प्रयोगशालाले एक हजार र निजी प्रयोगशालाले दुई हजार रुपैयाँ शुल्क तोकेको छ।