काठमाडौं - हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने तराई भूभागको मौसम मुख्यतया सफा रहनेछ ।
कोसी र गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जानकारी दिए ।
आइतबार राति कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू(भागमा आंशिक बादल लाग्नेछ । देशका बाँकी हिमाली र पहाडी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।
तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सुरकुहिरो लाग्न सक्ने महाशाखाको पूर्वानुमान छ ।

.gif)


