काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) का खेल सञ्चालन हुने भएपछि त्रिभुवन विश्वविद्यालयले परिसरमा प्रवेश गर्ने प्राध्यापक, कर्मचारी र विद्यार्थीलाई परिचयपत्र अनिवार्य रूपमा साथमा राख्न आग्रह गरेको छ।
विश्वविद्यालय क्याम्पस, कीर्तिपुरस्थित प्रिन्सिपलको कार्यालयले आइतबार सूचना जारी गर्दै विश्वविद्यालय परिसरमा प्रवेश गर्ने सबै प्राध्यापक, कर्मचारी तथा विद्यार्थीलाई आफ्नो परिचयपत्र साथमा ल्याउन अनुरोध गरेको हो।
एनपीएलको तेस्रो संस्करणका खेल कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सञ्चालन हुँदैछन्।
खेल अवधिमा विश्वविद्यालय परिसरमा प्रवेश गर्ने प्राध्यापक, कर्मचारी तथा विद्यार्थीको पहिचान सुनिश्चित गर्न परिचयपत्र साथमा राख्न आग्रह गरिएको विश्वविद्यालयले जनाएको छ।

.gif)


