काठमाडौं  - नेपालमा थप कोरोना भाइरस (कोभिड-१९)को संक्रमित नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाले आज नयाँ संकमित नभेटिएको स्पष्ट पारेका हुन् । नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ७५ पुगेको छ ।

त्यसमध्ये १६ जना निको भएका छन् । बाँकी मुलुकका विभिन्न अस्पतालमा उपचाररत छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

आइतबार मात्रै नेपालगञ्जमा १५ जना र विरगञ्जमा एक नयाँ संक्रमित भेटिएका थिए ।