अभिनेता अनुपविक्रम शाही नेपाली कांग्रेस प्रवेश
खबर एक्सप्रेस
२०७९-०४-२७ ०१:०८ मा प्रकाशित
Total Shares: 229
काठमाडौं - अभिनेता अनुपविक्रम शाही नेपाली कांग्रेस प्रवेश गरेका छन्। शाही शुक्रबार बिहान एक कार्यक्रमकाबीच कांग्रेस प्रवेश गरेका हुन्।
मन्त्री निवास पुल्चोकमा आयोजित पार्टी प्रवेश कार्यक्रममा तरुण दलका पूर्व अध्यक्षहरु महेन्द्र यादव, उदयशमशेर राणा, जितजंग बस्नेतका साथै अध्यक्ष विद्वान गुरुङलगायत उपस्थित थिए। शाहीलाई गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणले पार्टी सदस्यतासँगै नेपाल तरुण दलको सदस्यता पनि प्रदान गरेका छन्।
अभिनेता शाहीले लोकतन्त्र र जनताको अधिकारका लागि कांग्रेसले गरेको योगदान बुझेर पार्टी प्रवेश गरेको बताए। आफू यसअघि कुनै पनि पार्टीमा आवद्ध नभएको र पहिलो पटक कांग्रेससँग आवद्ध भएको उनको भनाई छ।
फेसबुक पेज Like गर्नुहोस