काठमाडौं - नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर अन्य दलमा प्रवेश गरेका स्थानीय तहका १४ जनप्रतिनिधिको पद रिक्त भएको छ । 

निर्वाचन आयोगले शुक्रबार सूचना जारी गर्दै १४ जनप्रतिनिधिको पद रिक्त भएको जानकारी दिएको हो । उनीहरु माओवादी छाडेर नेकपा एमाले प्रवेश गरेका थिए ।

पद रिक्त हुनेमा २ जना मेयर, ५ जना उपमेयर, केही गाउँपालिका अध्यक्षसहित विभिन्न जिल्लाका वडाध्यक्ष र सदस्य छन् । जसमा 

रौतहटका ७, कैलालीका ४ जना तथा सिरहा, ओखलढुंगा र महोत्तरीका एक–एक जना रहेका छन् ।

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले उनीहरुलाई पार्टीबाट निष्कासन गरेको औपचारिक निर्णय गरी त्यसको जानकारी निर्वाचन आयोगलाई गराएको थियो ।

No description available.