काठमाडौं - राप्रपाबाट अलग भएर नयाँ पार्टी दर्ताको तयारीमा रहेका नेता डा. धवलशम्सेर राणाले एउटै अभियानमा रहेका दुर्गा प्रसाईँलाई पक्राउ गरेकोप्रति आपत्ति जनाएका छन्। आज एक विज्ञप्ति जारी गर्दै प्रसाईँलाई तत्काल रिहाइ गर्न माग गरेका छन् । प्रसाईँलाई हिजो राती प्रहरीले घरबाटै पक्राउ गरेको थियो ।
विज्ञप्तिमा भनिएको छ, ‘यही सन्दर्भमा विश्वव्यापी रूपमा स्थापित मानव अधिकार र संविधानप्रदत्त विचार एवं अभिव्यक्ति स्वतन्त्रताको हक प्रयोग गरेर अभिव्यक्ति दिएकै कारण राष्ट्रवादी नेता दुर्गा प्रसाईँलाई सरकारले हिजो साउन १७ गते राति उहाँको निवासबाट पक्राउ गर्नु निन्दनीय छ ।’

.gif)



