काठमाडौं - मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्।

उनलाई शान्ति–सुरक्षामा खलल पुर्‍याएको आरोपमा आइतबार भक्तपुर प्रहरीले उनकै निवासबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार सार्वजनिक शान्ति तथा सुरक्षा व्यवस्थामा असर पर्ने गतिविधि गरेको आरोपमा प्रसाईंलाई नियन्त्रणमा लिइएको हो।

पक्राउपछि उनीमाथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

यसअघि आइतबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा प्रसाईंले हिन्दु राज्य र राजसंस्था पुनर्स्थापनाको माग गर्दै देशव्यापी आन्दोलन सुरु गर्ने घोषणा गरेका थिए।