एजेन्सी - रूसमा गएको शक्तिशाली भूकम्ले सम्पूर्ण विश्वलाई हल्लाएको छ। बुधबार रूसको कामचट्का प्रायद्वीपमा ८.८ म्याग्निच्युडको भूकम्प गएको छ। जसलाई स्थानीय प्रशासनले दशकौंमा सबैभन्दा शक्तिशाली बताएको छ। भूकम्पपछि,जापान,रूस र प्रशान्त टापुहरूमा सुनामी चेतावनी जारी गरिएको छ।
अधिकारीहरूले भने भूकम्पले कुरिल टापुहरूमा ४ मिटर (१३ फिट) अग्लो सुनामी उत्पन्न गरेको बताएका छन्। केही स्थानमा मानिसहरूलाई सुरक्षित स्थानहरू सारिएको छ। सुनामीले भवनहरू क्षतिग्रस्त भएका छन्। अमेरिकी भूगर्भ सर्वेक्षण एजेन्सी (USGS) ले पुष्टि गरेको छ कि भूकम्पपछि सुनामीका ठूला छालहरू उठेका छन् । अलास्काको केही भागमा चेतावनी जारी गरिएको छ।
जापानको होक्काइडोमा भयानक छालहरू
रूसको सुदूर पूर्वी कामचट्का प्रायद्वीपमा ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि जापानको होक्काइडो तटमा विशाल सुनामी छालहरू पुगेको देखिएको छ। जापानको मौसम विज्ञान एजेन्सीले तटीय क्षेत्रहरूमा तीन मिटर (१० फिट) सम्मका छालहरूको चेतावनी दिँदै देशको पूर्वी समुन्द्र किनारका ठूला भागहरू खाली गर्न आदेश दिएको छ।
धेरै सहरहरूमा सुनामी साइरन बजाइएको छ र मानिसहरूलाई तुरुन्तै माथिल्लो जमिनमा सर्न भनिएको छ। कामचट्का र रूसको यो क्षेत्र प्यासिफिक रिङ अफ फायरमा अवस्थित छ जुन भूकम्प र ज्वालामुखी गतिविधिका लागि परिचित छ।

.gif)



