काठमाडौं - चिनियाँ जनमुक्ती सेनाको विशेष विमान काठमाडौं आइपुगेको छ । बुधबार विहान चीनको चेङ्दुबाट आएको विमानले मेडिकल समाग्री ल्याएको हो 

मेडिकल समाग्री लिएर आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विहान ९ बजे अवतरण गरेको थियो । जहाजले कोरोना जाँच गर्ने किट, औषधी र व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) लगायतका सामग्री ल्याएको बताइएको छ । उक्त जहाज आजै चीन फर्कने छ।