कपिलवस्तुबाट टिचिङ अस्पतालमा उपचार गर्न ल्याइएकी ६ वर्षीया बालिकामा कोरोना संक्रमण
खबर एक्सप्रेस
२०७७-०२-०१ १०:३८ मा प्रकाशित
Total Shares: 332
काठमाडौं - त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार गराइरहेकी एक बालिकामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
शिक्षण अस्पतालको न्यूरो वार्डमा उपचार गराइरहेकी कपिलवस्तुकी ६ वर्षीया बालिकालाई उपचारका लागि शिक्षण अस्पताल ल्याइएको थियो ।
अहिले अस्पतालमा स्वास्थ्य मन्त्रालयको टोली पुगेको र उक्त न्यूरो वार्ड सिल गर्नेबारे छलफल भइरहेको शिक्षण अस्पतालका चिकित्सक प्रेम खड्काले बताए।
फेसबुक पेज Like गर्नुहोस