मुम्बईबाट लुक्दै आएका थिए कपिलवस्तुका कोरोना संक्रमित
भैरहवा - कपिलवस्तुका कोरोना भाइरस संक्रमित दुई युवा भारतको मुम्बईबाट आएको खुलेको छ । लकडाउनका बीच उनीहरु चार दिन अघि (वैशाख २३ गते) पकडी नाका हुँदै नेपाल आएको पुष्टि भएको छ ।
जिल्लाको मायादेवी गाउँपालिका-८ विजुवाका १६ र २२ वर्षका ती युवाहरुमा बिहिबार संक्रमण पुष्टि भएको थियो ।लुकेर नेपाल आएका उनीहरुलाई स्थानियले तीर्थादेवी छत्रपाली माविको क्वारेन्टाइनमा राखेको थिए ।
त्यसक्रममा गरिएको दुई जनाकै थ्रोट स्वाबको परीक्षण भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा किट नभएको कारण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो । जुन परिक्षण पोजेटिभ देखिएको थियो ।
उनीहरुसँग अन्य चार जना पनि आएको र खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुले जनाएको छ ।संक्रमित दुई युवालाई बुटवल धागो कारखानामा बनाइएको कोरोना विशेष अस्पतालको लैजाने तयारी भैरहेको जनाइएको छ ।
कपिलवस्तुका दुईजनामा संक्रमण पुष्टि भएसँगै प्रदेश ५ मा संक्रमितको संख्या २६ पुगेको छ ।
फेसबुक पेज Like गर्नुहोस