महरालाई ७ वर्ष जेल सजाय माग
खबर एक्सप्रेस
२०७६-०७-१४ ११:०० मा प्रकाशित
Total Shares: 521
काठमाडौं - निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि जबरजस्तीकरणी उद्योग अन्तर्गत अभियोगपत्र मुद्दा दायर भएको छ ।
महरालाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएसँगै सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा दायर गरेको हो । महरामाथि जबरजस्तीकरणी उद्योग अन्तर्गत मुलुकी अपराध संहिता अन्तर्गत दल २१९ को उपदफा १ र २ बमोजिम सजाय मागदाबी गरिएको छ ।
जसमा जबरजस्तीकरणी उद्योग र फौजदारी कसुर सजायको माग गरिएको छ। फौजदारी कसूर सजाय अन्तर्गत सोही ऐनको दफा १५ को २ र ३ को ङ अनुसार सजाय माग गरिएको हो ।
यो दुबै जोड्दा महरामाथि साढे ७ वर्ष कैद मागदाबी गरिएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिए ।
फेसबुक पेज Like गर्नुहोस