काठमाडौं - क्वारेन्टाइनमा बसेका व्यक्तिहरुमा औलो संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

  हाल क्वारेन्टाइनमा बसेका मानिसहरुमा औलो (पोजेटिभ) संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सुदूरपश्चिमका केही जिल्लाहरुमा कोरोना परीक्षणसँगै औलो पनि परीक्षण गरिएको थियो ।  सोही क्रममा १५ जनामा औलो संक्रमण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा निर्देशक डा. बासुदेव पाण्डेले जानकारी दिए । 

उनले भने “क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको औलो परीक्षण गर्दा औलो (पोजेटिभ ) संक्रमण देखिएको छ ।”