काठमाडौं - कपिलवस्तुको जिल्ला अस्पताल तौलिहवामा कार्यरत एक स्टाफ नर्समा पनि कोरोना संक्रमण भएको पाइएको छ ।

मंगलबार मात्र कपिलवस्तुमा आठ जनामा संक्रमण पुष्टि भएको थियो जसमा एक जना २५ बर्षीया स्टाफ नर्स पनि रहेको स्रोतले बताएको छ । कपिलवस्तु नगरपालिकाभित्र क्वारेन्टाइनमा बसेकाहरुको थ्रोट स्वाब संकलन गर्ने क्रममा ती नर्सलाई पनि कोरोना पुष्टि भएको हो ।

उनमा संक्रमण देखिएसँगै अस्पतालका अरू कर्मचारीहरूको पनि परीक्षण गर्ने तयारी भएको बताइएको छ । मंगलबार संक्रमण पुष्टि भएका ८ जनासहित कपिलवस्तुमा कोरोना संक्रमितको संख्या २९ पुगेको छ ।