काठमाडौ - डा. गोविन्द केसीले डडेल्धुरा पुगेर अनशन सुरु गरेका छन् । डा. केसी सरकारले आफ्ना माग पूरा नगरेको भन्दै अनसनका लागि डडेल्धुराप पुगेका हुन् ।

अनशन बस्नुअघि उनले स्वास्थ्यपरीक्षण गराएका थिए । १६औँ अनशन पूर्वी नेपालको इलामबाट सुरु गरेका डा. केसी यसपटक सुदूरपश्चिम पुगेका हुन् ।

आफूले राखेका ६  बुँदे माग पूरा गर्न सरकारलाई दिएको अल्टिमेटम पूरा नगरेको बताउँदै उनले अनसन सुरु गर्ने बताएका हुन् । डा. केसीले पत्रकार सम्मेलन गरी सोमबार बेलुकी ५ बजेदेखि सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरा सदरमुकाममा अनशन शुरु गरेका हुन् ।