काठमाडौं - भारतले लिपुलेकमा बनाएको सडकको विरोधमा नयाँ बानेश्वरस्थित संसद भवन अगाडी युवा विद्यार्थीले प्रदर्शन गरेका छन् ।

आइतबार बिहान संसद बैठक सुरु हुन लाग्दा विद्यार्थीको समूहले नाराबाजीसहित प्रदर्शन गरेका हुन् । प्रहरीले प्रदर्शन गर्ने १२ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरु सत्तारुढ दल नेकपा निकट अनेरास्ववियूका रहेको प्रहरीले बताएको छ ।