काठमाडौं - साउथ हिरोइन तापसी पन्नु बलिउडमा पनि स्थापित छिन् । फिल्म हिट या फ्लप भए पनि तापसीको प्रशंसा भइरहेकै हुन्छ । तर, हालै सामाजिक सञ्जालमा एक प्रयोगकर्ताले तापसीलाई ट्रोल बनाए । उनले भने कि तापसीलाई अभिनय नै आउँदैन । 

तापसीले भर्खरै अनुभव सिन्हाको ‘थप्पड’ फिल्ममा साइन गरिन् । तापसीले अनुभव सिन्हाको साथमा एउटा फोटो सेयर गर्दै फिल्मको घोषणा गरेकी हुन् । 

जहाँ एक प्रयोगकर्ताले अनुभवलाई अनुरोध गर्दै लेखे, ‘सर, तपाईंले अरू कसैलाई कास्ट गर्न आवश्यक छ । किनभने, तापसीलाई अभिनय नै आउँदैन ।’ तापसी पनि के कम १ उनले पनि जवाफ दिइन् ।

तापसीले लेखेकी छिन्, ‘सरी यार, अब त सबै कुरा साइन भएर पनि सिल भइसकेको छ । बरु एउटा काम गर, अर्को प्रोजेक्टमा रोक, किनकि सायद त्यसमा पनि म नै फिक्स हुन सक्छु । अर्कोपटक राम्रो कोसिस गर ल ।’