काठमाडौं - मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोलामा ५ सय रुपैयाँले बढेर ९० हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेवाजी सुन तोलाको ९० हजार ५० रुपैयाँ रहेको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदी प्रतितोलामा ३५ रुपैयाँले बढेर एक हजार १ सय ५५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

.gif)



