‘पुष्पा २’ का लागि अभिनेता अल्लु अर्जुनले बढाए पारिश्रमिक
काठमाडौं,एजेन्सी - दक्षिण भारतीय फिल्म उद्योगका चर्चित अभिनेता अल्लु अर्जुन र निर्देशक सुकुमारले आगामी फिल्म ‘पुष्पाः द राइज’को दोस्रो शृङ्खला ‘पुष्पा २’ का लागि आफ्नो पारिश्रमिक बढाएका छन् ।
अल्लु अर्जुन अभिनित फिल्म ‘पुष्पाः द राइज’ ले बक्स अफिसमा निकै राम्रो कमाएको थियो । उक्त फिल्ममा अल्लु अर्जुनसँग रश्मिका मन्दाना मुख्य भूमिकामा देखिएकी थिइन् ।
कोरोना कारण थलिएको फिल्म उद्योग दक्षिण भारतीय फिल्म ‘पुष्पाः द राइज’बाट केही तङ्ग्रियो । त्यसपछि आएका अधिकांश दक्षिण भारतीय फिल्महरूले भारतमा मात्र नभएर नेपालसहित देशका बक्सअफिस तताए ।
अल्लु अर्जुनले फिल्मको दोस्रो भागका लागि करिब ९० करोड रुपैयाँ र नाफामा हिस्सा पनि मागेका छन् । यसको मतलब यो परियोजनाबाट उनले सजिलैसँग १ सय करोड रुपैयाँ पाउँनेछन् ।
यसैगरी, फिल्मका निर्देशक सुकुमारले पहिले नै ठूलो रकमको माग गरिसकेका छन् । सबै ठूला ओटीटी प्लेटफर्महरू पनि फिल्मको डिजिटल अधिकारका लागि आपसमा प्रतिस्पर्धा गरिरहेका छन् ।
निर्देशक सुकुमारले आफ्नो पारिश्रमिक बढाएका छन् । उनले पहिलो शृङ्खला ‘पुष्पाः द राइज’ का लागि १८ करोड रुपैयाँ पारिश्रमिक लिएका थिए भने दोस्रो शृङ्खलाको लागि भने उनले ४० करोड रुपैयाँ लिने बताएका छन् ।
फेसबुक पेज Like गर्नुहोस