काठमाडौं - संसद सचिवालयले राजीनामा दिएका सभामुख कृष्णबहादुर महराको नाम र तस्बिर संसदको बेवसाइटबाट हटाएको छ ।
महराले सभामुखबाट दिएको राजीनामा स्वीकृत भएसँगै संसद सचिवालयले बेवसाइटबाट महराको नाम र तस्बिर हटाएको हो । अहिले संसद सचिवालयको वेबसाइटमा उपसभामुख डा।शिबमाया तुम्बाहाङफेको नाम र तस्बिर मात्र रहेको छ ।
महराको तस्बिर र नामसँगै उनको बारेमा राखिएको थप जानकारी पनि संसद सचिवालयले हटाएको छ ।
बुधबार नै संसद सचिवालयले महराको राजीनामा स्वीकृत भएको खबर संसदको सूचनापत्रमा प्रकाशित गरेको थियो ।

.gif)



