४७ औँ अमेरिकी राष्ट्रपतिका रुपमा ट्रम्पले लिए शपथ
खबर एक्सप्रेस
६ घण्टा अगाडि
Total Shares: 25
काठमाडौं - अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ४७ औं राष्ट्रपतिको रूपमा शपथ लिएका छन् ।
नेपाली समय अनुसार गएराति पौने ११ बजे अमेरिकी संसद्को क्यापिटल हिलमा ट्रम्पले ४७ औँ राष्ट्रपतिको रूपमा शपथ लिएका हुन् ।
उनलाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबट्र्सले शपथ खुवाएका थिए । राष्ट्रपतिको रुपमा ट्रम्पको यो दोस्रो कार्यकाल हो ।
रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपतीय चुनावमा उम्मेदवार बनेका ट्रम्प डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसलाई पराजित गर्दै विजयी भएका थिए ।
यसअघि उनी सन् २०१६ को नोभेम्बरमा राष्ट्रपतिमा निर्वाचित भएर २०२० सम्म चार वर्ष ह्वाइटहाउमा रहेका थिए ।
फेसबुक पेज Like गर्नुहोस