काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी  न्युन चापीय प्रणालीको आंशिक प्रभाव तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । 

महाशाखाले हालको नेपालको मौसम पहाडी भागमा सामान्य बदली रहेको र बाँकी भागमा सामान्यतया मौसम सफा रहेको समेत जनाएको छ । 

यसैगरी, शनिबार दिउँसो भने देशको पूर्वी  भाग र मध्य पहाडी  भागमा सामान्य  बदली हुने, पश्चिमी पहाडी भागहरुमा आंशिक बदली र बाँकी  भागमा सामान्यतया मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । यस्तै, महाशाखाले दिउँसो नै पूर्वी  भागका थोरै स्थान, मध्य तथा पश्चिमी पहाडी भागका एक/दुई स्थानमा मेघगर्जन, चट्याङ्ग,असिना र हावाहुरीसहित   वर्षाको सम्भावना रहेको जनाएको छ । 

राति भने  देशको पूर्वी  भागमा सामान्य  बदली,  मध्य तथा पश्चिमी पहाडी भागहरुमा आंशिक बदली र बाँकी भागमा सामान्यतया मौसम सफा रहने पूर्वानुमानमा उल्लेख छ ।

त्यस्तै, पूर्वी भागका थोरै स्थानहरु, मध्य र पश्चिमी पहाडी  भागका एक/दुई स्थानहरुमा मेघगर्जन,चट्याङ्ग,असिना र हावाहुरीसहित   वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।