काठमाडौं - पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ ।
गत साउन १४ गते भएको हिमपहिरोमा परी ज्यान गुमाएका किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव कतार एयरवेजको उडानमार्फत आज अपराह्न ४ः४५ बजे काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।
ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएका पुरबहादुर गुरुङ ‘युक्त’को शव भने यसअघि नै साउन २१ गते नेपाल ल्याइसकिएको छ।
दुर्घटनापछि उद्धार तथा शव व्यवस्थापनको काम जारी रहे पनि दुर्घटनास्थलबाट अझै तीन आरोहीको शव फिर्ता ल्याउन बाँकी रहेको मन्त्रालयले जनाएको छ । बाँकी शवमध्ये एक नेपाली, एक पाकिस्तानी र एक अमेरिकी आरोहीको रहेको छ।
ब्रोड पिकमा भएको उक्त दुर्घटनाले नेपाली पर्वतारोहण क्षेत्रमा शोक छाएको छ । विश्वविख्यात आरोही निर्मल पुर्जा ‘निम्स दाइ’ को शव बेलायत लगिएको छ ।

.gif)


