धादिङ - त्रिशूली नदीमा आज आएको ठूलो बाढीले गोरखा र धादिङ जोड्ने चरौँदीस्थित झोलुङ्गे पुल बगाएको छ।
बाढीले गोरखाको गण्डकी गाउँपालिका र धादिङको बेनीघाट रोराङ गाउँपालिका जोड्ने चरौँदी झोलुङ्गे पुल चुँडालेर बगाएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
बाढीले त्रिशूली नदीमाथि रहेको धवादीस्थित अर्को झोलुङ्गे पुलमा समेत क्षति पुर्याएको छ।
नदीको बहाव अत्यधिक बढेपछि चरौँदीको झोलुङ्गे पुल बगाएको हो।
स्थानीयका अनुसार आइतबारको बाढीले चरौँदीस्थित सहकारी भवन र विद्यालयमा समेत क्षति पुर्याएको छ।
यसअघि भदौ १० गते आएको बाढीमा भने चरौँदीका पुल तथा सहकारी भवनमा क्षति पुगेको थिएन।

.gif)



