काठमाडौं - आज (सोमबार) पनि देशैभर मौसम बदली भएको र हावाहुरी/चट्याङ/असिनासहित वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

तसर्थ विशेषगरी हावाहुरी, चट्याङ र असिनाबाट सतर्क रहन पनि मौसमविद्ले सबैलाई आग्रह गरेका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार बिहानैदेखि देशैभर मौसम बदली भएको र आज दिनभर मौसम यस्तै रहनेछ। ‘बीच बीचमा घाम लागे पनि पुनः बदली हुने र पानी पर्ने क्रम जारी रहने देखिएको छ,’ उनले भनिन्।

उनका अनुसार पश्चिमदेखि मध्यम क्षेत्रसम्म बादल बनिसकेको अवस्था छ। अब कुनै पनि बेला हावाहुरी, चट्याङ र असिनासहित वर्षा हुने सम्भावना छ।

‘अरू दुई/तीन दिन मौसम यस्तै रहने देखिएको छ,’ मौसमविद् मानन्धरले भनिन्, ‘यसैकारण वर्षा भएका बेला हावाहुरी, चट्याङ र असिनाबाट जोगिन जरुरी छ।’