लामिछानेसहित तीनैजनाको बयान सकियो, अब थुनछेक बहस हुने
खबर एक्सप्रेस
२०७६-०५-०९ ११:०० मा प्रकाशित
Total Shares: 499
काठमाडौं - शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछानेसहित तीनैजनाको बयान सकिएको छ ।
जिल्ला अदालत चितवनमा लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीको बयान सकिएपछि आजबाटै थुनछेक बहस हुनेछ ।
अब दुवै पक्षका कानुन व्यवसायीको बहसपछि अदालतले थुनामा राख्ने, धरौटी माग गर्ने वा साधारण तारेखमा छाड्ने आदेश दिनेछ ।
आइतबारमात्रै जिल्ला सरकारी वकिलको कार्यालयले पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा लामिछाने, युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीमाथि ५ वर्ष कैद र ५० हजार जरिवाना माग गर्दै अभियोगपत्र दायर गरेको थियो ।
फेसबुक पेज Like गर्नुहोस