काठमाडौं - महजोडी अर्थात कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनित फिल्म ‘महापुरुष’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ ।

फिल्म ‘महापुरुष’ को फर्स्टलुक पोस्टर सँगै प्रदर्शन मिति पनि घोषणा गरिएको छ । फिल्मलाई आगामी कात्तिक ११ गते अर्थात भाइटिकाको भोलिपल्ट देखि प्रदर्शन गरिने निर्माण टीमले जनाएको छ ।

प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्म ‘महापुरुष’को निर्माण कम्पनी षट्कोण आर्ट्सले आइतबार दुई वटा पोस्टर सार्वजनिक गरेको थियो ।

फिल्ममा महजोडीसँगै रविन्द्र सिंह बानियाँ, गौरी मल्ल, राजाराम पौडेल, अरुण क्षेत्री, अन्जना बराइली, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार लगायत कलाकारको अभिनय रहेको छ ।

यस फिल्मका निर्माता दिपेश खत्री हुन् भने कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ रहेका छन्।