सत्ताको ड्राइभिङ सिटमै विचौलियाको रजगज छ : प्रचण्ड
खबर एक्सप्रेस
१८ घण्टा अगाडि
Total Shares: 8
काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ताको ड्राइभिङ सिटमै विचौलियाहरुको रजगज रहेको आरोप लगाएका छन् । प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले उक्त आरोप लगाएका हुन् । उनले पछिल्लो ८ महिनामा भएका सबै नीति, निर्णय र नियुक्तिमा विचौलियाको हस्तक्षेप भएको आरोप लगाए। उनले यो ८ महिनामा विचौलियाबिना भएको एउटै मात्रै उदाहरण दिन पनि आग्रह गरे।
अध्यक्ष प्रचण्डले भने,‘म चुनौतीका साथ भन्न चाहन्छु, पछिल्ला ८ महिनामा एउटै नीति, निर्णय र नियुक्ति मलाई भनिदिनुस् जसका पछाडि विचौलिया छैन । जम्मा एउटा उदाहरण दिए पनि हुन्छ।’ उनले अहिलेको सत्ताको ड्राइभिङ सिटमै विचौलिया रहेको जिकिर गरे।
फेसबुक पेज Like गर्नुहोस