पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि, २३ को मृत्यु
खबर एक्सप्रेस
२०७७-०८-२३ ०४:२५ मा प्रकाशित
Total Shares: 340
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ३८२ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ६२१ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख २९ हजार ५४ संक्रमणमुक्त भएका छन् । आज कोरोनाबाट थप २३ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६३७ पुगेको छ ।
नेपालमा हाल संक्रिय संक्रमितको संख्या १२ हजार ६८६ रहेको छ ।
फेसबुक पेज Like गर्नुहोस