काठमाडौं - सोमबार रोकिएको सेयर कारोबार आजदेखि सञ्चालन हुने भएको छ। मंगलबार बिहान सूचना प्रकाशित गर्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से) लेडेटा सेन्टरमा देखिएको प्राविधिक समस्या समाधान भएसँगै कारोबार नियमित हुने जनाएको छ।
नेप्सेका अनुसार ७२ वटा ब्रोकर कम्पनीको कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) को ब्याकअप राखिएको डेटा हब प्रालिको डेटा सेन्टरमा देखिएको प्राविधिक समस्या आएपछि सोमबार कारोबार स्थगित गरिएको थियो। नेप्सेका अनुसार हाल ९० वटा ब्रोकर सञ्चालनमा रहेकामा ७२ वटा ब्रोकरको तथ्यांक डेटा हबमा व्यवस्थापन हुँदै आएको छ।

.gif)


