सीमा अतिक्रमणको विरोधमा माइतीघरमा प्रदर्शन, ३३ जना पक्राउ
खबर एक्सप्रेस
२०७७-०१-२७ ०३:४० मा प्रकाशित
Total Shares: 288
काठमाडौं - नेपाली भूमि लिपुलेक–कालापानी क्षेत्रमा भारतले बाटो बनाएको विरोधमा माइतीघरमा प्रदर्शनमा उत्रिएका युवा–विद्यार्थी नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
आज दिउँसो १ बजे माइतीघर मण्डलामा विरोध प्रर्दशनमा उत्रिएका ३३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
नेविसंघ, सत्तारुढ नेकपानिकट अखिल, मोहन बैधनिकट अखिलले संयुक्त रुपमा गरिएको प्रदर्शनमा प्रहरीले हस्तक्षेत्र गर्दै पक्राउ गरेको हो ।
यसअघि लैनचौरस्थित भारतीय दूतावास अगाडि प्रदर्शनका लागि जम्मा भएका अनेरास्ववियूका नेताहरुलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।
फेसबुक पेज Like गर्नुहोस