माइतीघरबाट पुनः सुरु भयाे उखु किसानकाे आन्दोलन
काठमाडौं - सर्लाहीका उखु किसान पुनः आन्दोलित भएका छन् ।
चिनी मिलले उखुको पैसा नदिएको भन्दै आइतबारदेखि उनीहरुले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्न थालेका हुन् ।
गत वर्ष पनि पनि उखु किसानले काठमाडौँमा आएर धर्ना दिएका थिए । त्यसपछि गत वर्षको पुस १८ गते सरकार र उखु किसानबीच ५ बुँदे सहमति भएको थियो । सहमति कार्यन्वयन नभएपछि उनीहरु पुनः काठमाडौं आएका हुन् ।
धर्नामा बसेका किसानले ‘पुष १८ गते भएको पाँच बुँदे सम्झौता लागु गर, सरकार किसानलाई बाँच्न देऊ, उखुबाट चिनी बन्छ चिनी गुलियो, माफियाको गुलियोमा सरकार भूलियो’ लगायतका नारा प्रदर्शन गरेका छन् ।
चिनी मिलबाट उखु किसानले करोडौं रुपैयाँ बक्यौता पाउन बाँकी छ । उनीहरुक अनुसार चिनी उद्योगले झण्डै ९० करोड बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको छ ।
फेसबुक पेज Like गर्नुहोस