भारतीय नक्सामा नेपाली भूमि समेटिएपछि काठमाडौँमा प्रदर्शन
खबर एक्सप्रेस
२०७६-०७-२० ११:०० मा प्रकाशित
Total Shares: 735
काठमाडौं - नेपाली सीमा अतिक्रमण गरी भारतले सार्वजनिक गरेको नक्साको विरोध गर्दै काठमाडौँमा प्रदर्शन भएको छ ।
विद्याथी संघसंगठनले भारतीय नक्सामा कालापानी र लिपुलेक समेटेको भन्दै त्यसको विरोधमा प्रदर्शन गरेका हुन् ।
राजधानीका बिभिन्न स्थानमा अनेरास्ववियु र नेविसंघले ‘गो ब्याक इन्डिया’ भन्दै भारतको विरोध गरेका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदूर किसान पार्टी, नेपाल कम्यूनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ले पनि भारतको उक्त कामको विरोध गरेका छन् । उनीहरुले राष्ट्रिय स्वाधिनता, सार्वभौमिकतामाथि नाङ्गो आक्रमण भएको भन्दै आपत्ति जनाएका छन् ।
फेसबुक पेज Like गर्नुहोस