काठमाडौं - अमेरिकी सरकारले अनुदानमा दिन लागेको १५ लाख डोज कोभिड भ्याक्सिन सोमबार बिहान नेपाल आइपुग्ने भएको छ।

काठमाडौंस्थित अमेरिकी दूतावासका प्रवक्ता एन्ना रिच एलेनले अमेरिकी फार्मास्युटिकल कम्पनी जोनसोन एन्ड जोनसनले उत्पादन गरेको १५ लाख डोज खोप सोमबार बिहान उपलब्ध गराउने जानकारी दिएकी छन् ।

उनले यो खोप अमेरिकी जनताको तर्फबाट नेपाली जनताको लागि उपहारको रुपमा रहेको बताएकी छन् । 

जोन्सन एन्ड जोन्सनले बनाएको उक्त खोप एक डोज लगाए पुग्छ।