काठमाडौं - नेपाली काँग्रेसले प्रतिनिधिसभाका लागि कास्की(२ को उपनिर्वाचनमा खेमराज पौडेललाई उम्मेद्वार बनाउने भएको छ । आज बसेको काँग्रेस पदाधिकारी बैठकले पौडेलले उम्मेद्वार बनाउने निर्णय गरेको हो ।

विवादका कारण लामो समयदेखि काँग्रेसले उम्मेद्वार चयन गर्न सकेको थिएन । नेता धनराज गुरुङ र खेमराज पौडेलमध्ये कसलाई उम्मेद्वार बनाउने भन्नेमा काँग्रेसमा विवाद थियो । आजै धनराज गुरुङले पदाधिकारी बैठकमै उपस्थित भएर आफूले दावी नगर्ने र स्थानीय नेतालाई नै उम्मेद्वार बनाउनु उपयुक्त हुने बताएपछि उम्मेद्वार छान्न सहज बनेको हो ।

मंसीर १४ गते हुने उपनिर्वाचनका लागि भोलि कात्तिक २१ गते उम्मेद्वारी मनोनयनको कार्यतालिका छ ।