काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयसँग जोडिएका सल्लाहकार तथा सहयोगीहरुले मंसिर १ देखि लागु हुने गरी राजीनामा दिएका छन् ।
प्रधानमन्त्रीले शुक्रवार सचिवालयमा रहका सबैलाई बोलाएर राजीनामा गर्न निर्देशन दिएका थिए । २०७४ फागुन ३ गते प्रधानमन्त्री बनेका ओलीले राजनीति, विदेश मामला, प्रेस, प्रविधि, जनसम्पर्कलगायत विषयमा सल्लाहकार नियुक्त गरेका थिए।
प्रधानमन्त्रीले निर्देशन दिएसँगै सल्लाहकार समूहका पदाधिकारी र स्वकीय सचिवालयका पदाधिकारीले राजीनामा दिन लागेका हुन् ।
प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा। राजन भट्टराई, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस सल्लाहकार डा। कुन्दन अर्याल, प्रमुख स्वकीय सचिव इन्द्र प्रसाद भण्डारी, सूचना प्रविधि सल्लाहकार अस्गर अली लगायतका सचिवालयका पदाधिकारीले राजीनामा दिने बुझिएको छ ।
सरकारको काम कारवाही उत्साहजनक नभएको भन्दै आलोचना बढेपछि ओलीले सरकारको कामकारवाहीलाई प्रभावकारी बनाउने गरी सचिवालय पनि पुनर्गठन गर्न लागेका हुन् ।

.gif)


