जापानले नेपाललाई १६ लाख डोज खोप प्रदान गर्ने
काठमाडौं - जापानले नेपाललाई १६ लाख डोज अस्ट्राजेनेका खोप प्रदान गर्ने भएको छ । काठमाडौँस्थित जापानी दूतावासका अनुसार कोभ्याक्स संयन्त्रमार्फत जापानले उक्त मात्राको खोप नेपाललाई दिने भएको हो ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा जापानी विदेशमन्त्री मोतेगी तोसिमितुले नेपाललाई सो परिमाणको खोप प्रदान गर्ने घोषणा गरेका हुन् । मध्य जुलाई देखि अगस्ट अन्त्यसम्म खोप नेपाल ल्याइने जापानी दूतावासद्वारा जारी वक्तव्यमा उल्लेख छ ।
जापानी राजदूत किकुता युतुकाले नेपालको कोभिड महामारीविरुद्ध जापान सँधै साथमा रहेको जनाउँदै नेपाल र जापानबीच सदियौंदेखि मित्रतापूर्ण सम्बन्ध रहेको जनाएका छन् । सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड लगाएका नागरिकलाई लगाउन जापानमा बनेको अस्ट्राजेनेका खोप महत्वपूर्ण हुने समेत जापानले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस