'इन्डियन २' मा ९० वर्षीय वृद्धको भूमिकामा देखिदैँ कमल हासन
काठमाडौं - दक्षिण भारतीय सुपरस्टार कमल हासन आजभोली आफ्नो सुपरहिट चलचित्र 'इन्डियन'को सीक्वेल 'इन्डियन २' को सुटिङ्गमा व्यस्त छन् । उक्त फिल्ममा उनी ९० वर्षीय बृद्धको भुमिकामा देखिने भएका छन् ।
फिल्ममा उनको द्वदात्मक भुमिका रहेको छ । द्वन्द निर्देशक पीटर हेनका अनुसार हसन फिल्मका सबै एक्शन आफैं गर्न चाहन्छन, उनी यी दृश्यहरुलाई जीवन्त पार्न चाहन्छन । उनको शारिरीक बनावट पनि ९० वर्षको बृद्धको भुमिकामा सुहाउदो छ ।
फिल्ममा हासन बाहेक अनिल कपूर, काजल अग्रवाल, रकुल प्रीत र विद्युत जामवालको महत्वपूर्ण भूमिका रहेको छ । फिल्म १४ अप्रिल २०२० मा रिलीज हुनेछ । १९९६ मा रिलीज गरिएको फिल्म इन्डियनमा हासनले ८० बर्षीय वृद्धको भूमिका निर्बाह गरेका थिए ।
फेसबुक पेज Like गर्नुहोस