ललितपुर - १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा नुवाकोट सुन्धारा घर भएका ललितपुर महानगरपालिका-९ बालकुमारी बस्ने ३० वर्षीय रामचन्द्र श्रेष्ठलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । 

सोमबार काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कस्थित गेष्ट हाउसमा ती किशोरीलाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ रामचन्द्रलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।